स्नेहा राउत बनिन् मिस युनाइटेड नेसन नेपाल २०२६
काठमाडौं : स्नेहा राउतले ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज जितेकी छन्। ग्रिन आर्ट्स मिडिया प्रालिले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई ताज पहिर्याउँदै भारतमा हुने ‘मिस युनाइटेड नेसन २०२६’का लागि नेपालको प्रतिनिधि घोषणा गरेको हो।
आगामी अक्टोबर ५ देखि भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा २४ वर्षीय राउतले नेपालको प्रतिनिधित्व गर्नेछिन्। ललितपुरकी राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन्। कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, फोटोग्राफर महेश प्रधान, पेजेन्ट निर्देशक अनिला श्रेष्ठलगायतले राउतलाई शुभकामना दिए। राउतले प्रतियोगितामा नेपालको कला, संस्कृति, प्रतिभा र पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने बताइन्।
.gif)

.png)

