नेपालमा ‘बिग बटरफ्लाई काउन्ट’ सुरु (फोटो)
काठमाडौं : नेपालमा ‘बिग बटरफ्लाई काउन्ट’ अर्थात् बृहत् पुतली गणना अभियान सुरु भएको छ। पुतलीका प्रजाति, सङ्ख्या र फैलावटसम्बन्धी तथ्याङ्क संकलन गर्ने उद्देश्यले सुरु गरिएको अभियान सेप्टेम्बरभर सञ्चालन हुनेछ।
अभियानमा पुतलीप्रेमी, प्रकृतिप्रेमी, अनुसन्धानकर्ता तथा स्वयंसेवक सहभागी हुनेछन्। सहभागीहरूले विभिन्न क्षेत्रमा देखिएका पुतलीको प्रजाति पहिचान गरी अभिलेख राख्नेछन्। नेपालमा हालसम्म करिब ७०० प्रजातिका पुतली अभिलेख भइसकेका छन्।
हिमालदेखि तराईसम्मको भौगोलिक विविधताका कारण नेपाल पुतलीका लागि महत्त्वपूर्ण वासस्थान मानिन्छ। अभियानबाट पुतलीको प्रजातिगत विविधता, सङ्ख्या र फैलावटसम्बन्धी थप तथ्याङ्क प्राप्त हुने तथा तिनको वासस्थान संरक्षणका लागि योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।









.gif)

.png)

