'राइट टु रिकल'का लागि रास्वपाले बनायो आचार्यको संयोजकत्वमा समिति
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ। रास्वपाको गत भदौ ५ गते बसेको केन्द्रीय कमिटीको बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिले जनप्रतिनिधिलाई उनीहरूको कार्यकाल पूरा हुनुअघि नै मतदाताले फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी आवश्यक अध्ययन, छलफल तथा पार्टीको धारणा तयार गर्नेछ। समितिका सदस्यमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन्।
रास्वपाका अनुसार समितिले ‘राइट टु रिकल’सँग सम्बन्धित विषयमा अध्ययन तथा छलफल गरी पार्टीको धारणा र प्रस्तावलाई दस्तावेजका रूपमा तयार गर्ने जिम्मेवारी पाएको छ।
.gif)

.png)

