देशभर वर्षाको सम्भावना : पाँच प्रदेशमा भारी वर्षाको चेतावनी
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश भूभागमा मौसम बदली हुने भएको छ।
केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ।
हिमाली र पहाडी भूभागका केही स्थान तथा तराईका केही क्षेत्रमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागसँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
वर्षासँगै केही स्थानमा चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
आज राति कोशी प्रदेशसहित देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ।
हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
तराई क्षेत्रमा बिहानको समयमा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
.gif)

.png)


