बूढानीलकण्ठमा २१ किलो सुन बरामद
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठबाट करिब २२ किलो सुन बरामद भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दिउँसो बुढानीलकण्ठबाट उक्त परिमाणको सुन बरामद गरेको हो।
अनुसन्धान कार्यालयका अनुसार बरामद सुनमध्ये केही गहनासमेत रहेका छन्। सुनसहित केही व्यक्तिलाई पक्राउ गरिएको छ।
विशेष सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेको हो । बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको र १० केजी प्रशोधन गर्ने गरी राखिएको अवस्थामा भेटिएको स्रोतको भनाइ छ ।
घटनाबारे विस्तृत जानकारी दिन अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।
.gif)

.png)


