बैठक चल्दै गर्दा अचानक संसदमै ढले सार्वजनिक लेखा समितिका सभापति खड्का
काठमाडौं : प्रतिनिधि सभाको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समिति सभापति भरत खड्का अचानक ढलेका छन्। बैठक कक्षमै ढलेपछि उनलाई तत्काल अस्पताल लगिएको छ।
बैठक चलिरहेका बेला सांसद खड्का अचानक आफ्नै कुर्सीबाट ढलेका थिए। रास्वपाका सांसद सोम शर्माले बोलिरहेका बेला उनी एकाएक ढलेपछि तत्काल उपचारका लागि वीर अस्पताल लगिएको हो। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।
.jpeg)
.gif)

.png)

