बागमतीका तीन सांसद राप्रपाको कारबाहीमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको निर्देशन तथा ह्विप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गरेको छ। पदमुक्त हुनेमा राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ रहेका छन्।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई कारबाही गरिएको राप्रपाले जनाएको छ। केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा तीनै जनालाई पदमुक्त गर्ने निर्णय भएको हो। पदमुक्त गरिएको जानकारीसहितको पत्र सोमबार बागमती प्रदेशसभाका उपसभामुखलाई बुझाइएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्। उपसभामुखको आदेशमा उक्त पत्र प्रदेशसभा सचिवालयमा दर्ता गरिएको राप्रपाले जनाएको छ।
यसअघि पनि राप्रपाले बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरिसकेको थियो। पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी हुने विषयलाई लिएर राप्रपाले प्रदेश सांसदहरूमाथि कारबाही अघि बढाएको हो।
.gif)

.png)

