नेकपा सुदूरपश्चिमका सांसदले बाढी प्रभावितलाई १५ दिनको पारिश्रमिक दिने


२०८३ भदौ १५ सोमबार २१:५५ बजे

धनगढी : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले सांसदहरूको १५ दिनको पारिश्रमिक सहयोग गर्ने भएको छ। सोमबार मुख्यमन्त्री तथा नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले बाढी प्रभावितका लागि तत्काल राहतस्वरूप सांसदहरूको १५ दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकमा मुख्यमन्त्री भट्टले भने आफूले व्यक्तिगत रूपमा एक महिनाको पारिश्रमिक बाढी प्रभावित नागरिकका लागि उपलब्ध गराउने घोषणा गरेका छन्। यसअघि नै सुदूरपश्चिम प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक बाढी प्रभावितका लागि उपलब्ध गराउने निर्णय गरिसकेको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ। 

यसैगरी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि आफ्ना सांसदहरूको १० दिनको पारिश्रमिक बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरिसकेको छ। कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत रूपमा एक महिनाको पारिश्रमिक दिने बताएका छन्। बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न प्रदेश सरकार, राजनीतिक दल, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाले आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७