नेपाल लाइफ इन्स्योरेन्सले दियो बाढीपीडितलाई दुई करोड ५१ लाख


२०८३ भदौ १४ आइतबार १३:३७ बजे

काठमाडौं : भोटेकोशी बाढी प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। कम्पनीले उक्त सहयोगबाट बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। नेपाल लाइफले प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७