उद्धारका लागि ८ हजार ३०० सेना परिचालन, हालसम्म गर्‍यो २ हजार ६५० जनाको उद्धार


२०८३ भदौ १४ आइतबार १२:४९ बजे

काठमाडौं :  रसुवास्थित भोटेकोशीमा भदौ १० गते बिहान आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको नेपाली सेनाले हालसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ।

सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेँसी र मैलुङबाट ५४ जनाको हवाई उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये ४६ जना चिनियाँ र ८ जना भारतीय नागरिक छन्।

शनिबार विभिन्न स्थानबाट गरी ५५० जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ। सेनाका अनुसार बाढीपछि हालसम्म स्थलमार्फत २०० जना र हवाई माध्यमबाट २ हजार ४५० जना गरी कुल २ हजार ६५० जनाको उद्धार गरिएको हो।

उद्धार गरिएकामध्ये १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियन, ४ जर्मन, २ अमेरिकी, २ इटालियन र १ ओमानी नागरिक छन्। बाँकी उद्धार गरिएका नेपाली नागरिक रहेको सेनाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका ८ हजार ३०० सैनिक परिचालन गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७