विपद्का बेला सरकारलाई सहयोग गर्छौं : गगन थापा


२०८३ भदौ १४ आइतबार १३:०६ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा सरकारलाई उद्धार, राहत र पुनःस्थापनामा पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकलाई सम्बोधन गर्दै थापाले विपद्का बेला सरकारको आलोचना गर्नुभन्दा सहयोग गर्नु प्राथमिकता भए पनि काममा देखिएका कमजोरी औँल्याउनु पनि सहयोगकै एउटा स्वरूप भएको बताए।

उनले रास्वपा सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय बैठकमा संसद्भित्रै साझा संयन्त्र बनाउने समझदारी भएको जानकारी दिँदै त्यसलाई तत्काल पूर्णता दिएर काममा लैजानुपर्ने बताए। कांग्रेसले विपद् प्रभावित क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन गरेको छ। नुवाकोटका प्रभावित क्षेत्रमा स्थलगत अवलोकन गरी प्रधानमन्त्रीलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाइएको थापाले बताए।

उनले राहतका लागि पार्टीका नेता, सांसद तथा जनप्रतिनिधिलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आग्रह गर्दै प्रभावित क्षेत्रमा आवश्यक समन्वय र खबरदारीलाई निरन्तरता दिने बताए। साथै, सुरुङमा फसेकाको उद्धारका लागि आवश्यक परे विदेशी विशेषज्ञ तथा प्राविधिक टोलीको सहयोग लिन सरकारलाई आग्रह गरेको थापाले जानकारी दिए। उनले आफू पनि पार्टीको विपद् टोलीसहित प्रभावित क्षेत्रमा जाने बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७