सूर्यज्योति लाइफ इन्स्योरेन्सको डीसीईओमा फर्शुराम मरासिनी नियुक्त

काठमाडौँ : सूर्यज्योति लाइफ इन्स्योरेन्सले फर्शुराम मरासिनीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा नियुक्त गरेको छ।
कम्पनी सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णय भदौ १९ गतेदेखि लागु हुने कम्पनीले जनाएको छ। मरासिनी विगत ८ वर्षदेखि कम्पनीमा नायब महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
जीवन बीमा क्षेत्रमा उनको अनुभव र योगदानलाई उच्च मूल्यांकन गर्दै कम्पनीले नयाँ जिम्मेवारी सुम्पिएको हो। कम्पनीले मरासिनीको नेतृत्वले संस्थालाई अझै उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।