त्रिशूली–३ ‘ए’ को सुरुङ खोल्ने काम अन्तिम चरणमा : हेलिकप्टरबाट स्काभेटर र डोजर लगिँदै


२०८३ भदौ १४ आइतबार १४:२१ बजे

काठमाडौं : बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले भारी उपकरण परिचालन गरेको छ। सेनाले स्काभेटर र डोजर नुवाकोटको बट्टारसम्म पुर्‍याएर त्यहाँ डिसमेन्टल गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लैजाँदै छ।

बाढीका कारण सडक तथा अन्य पहुँचमार्ग अवरुद्ध भएपछि उद्धारका लागि हेलिकप्टरबाटै आवश्यक उपकरण पुर्‍याउन थालिएको हो। सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली रातदिन खटिएको छ। गएराति भीषण बाढी आए पनि उद्धार प्रयास निरन्तर जारी रहेको सेनाले जनाएको छ।

नेपाली सेनाका अनुसार अबको करिब एक घण्टामा सुरुङको प्रवेशद्वार खोल्ने ‘ब्रेक थ्रु’ काम सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रवेशद्वार खुलेपछि सुरुङभित्र फसेका मानिसहरूको खोजी तथा उद्धार सुरु गरिनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७