गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच सम्झौता


२०८१ असोज २३ बुधबार ०७:०८ बजे

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच प्रत्याभूतिकर्ता नियुक्तिसम्बन्धी सम्झौता भएको छ ।

दुई संस्थाबीच आइतबार आइपिओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्नेसम्बन्धी सम्झौता भएको हो । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कूल रकम २२,५०,००,००० (अक्षरेपी २२ करोड ५० लाख रुपैयाँ) बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको हो । 

गरिमा क्यापिटल लिमिटेडको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । 

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुस १४ मा दर्ता भई २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बिमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बिमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । गरिमा विकास बैङ्कको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । 

यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा (डिम्याट तथा मेरो शेयर खातासम्बन्धी) तथा धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवर्द्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्‍याउन गरिमा विकास बैङ्क लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७