अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, फागुन ६ गते साधारण सभा


२०८० माघ २१ आइतबार ०९:२० बजे

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यसले माघ २२ गते साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएको छ । उक्त लाभांश हात पार्न आजै शेयरधनी बनिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले गत वर्षको नाफाबाट यस सेयरधनीहरुलाई १०.२६१२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी कुल १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । युनाइटेड अजोडले फागुन ६ गते उक्त लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । सभा अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७