हिमालयन लाइफका कर्मचारीद्वारा रसुवा बाढीपीडितलाई आठ लाखको राहत


२०८३ भदौ १४ आइतबार १३:२२ बजे

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीहरूले रसुवामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्।  

विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूले स्वैच्छिक रूपमा संकलन गरेको राहत सामग्री नुवाकोटमा नेपाली सेनालाई हस्तान्तरण गरिएको हो। उक्त सामग्री नेपाली सेनामार्फत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा पुर्‍याइनेछ। बाढी तथा पहिरोका कारण प्रभावित परिवारको दैनिकी कष्टकर बनेको अवस्थामा तत्काल सहयोग पुर्‍याउने उद्देश्यले कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हुन्। राहत सामग्रीमा खाद्यान्नसँगै प्रभावित परिवारका लागि आवश्यक लत्ताकपडा समावेश गरिएको छ।

विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको साथमा उभिने उद्देश्यले गरिएको यस सहयोगले वास्तविक पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको हिमालयन लाइफले जनाएको छ। कम्पनीका कर्मचारीहरूले विपद्का बेला आवश्यक सहयोग र सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७