प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफको रेकर्ड


२०८२ असार ३२ बुधबार १८:५४ बजे


काठमाडौं । प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्सुरेन्सले रेकर्ड बनाएको छ। कम्पनीले स्थापनाको २५औं वर्षमा आइपुग्दा दस अर्ब प्रथम बीमा शुल्क आर्जन गरेको छ। नेपालको जीवन बीमा उद्योगमा यो ऐतिहासिक रेकर्ड बनेको कम्पनीले उल्लेख गरेको छ। 

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, बीमित,  बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी, नियामक निकाय तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद दिए।  

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ। आगामी दिनमा बीमा बजारको वृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा कम्पनी विश्वस्त छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७