नारायणगढ–मुग्लिङ–काठमाडौं-पोखरा सवारी पुनः सञ्चालन

बाढीको त्रास रोकिएपनि उच्च सतर्कता अपनाउन आग्रह


२०८३ भदौ १४ आइतबार ०७:२६ बजे
फाइल फोटो

काठमाडौं : भोटेकोशी नदीमा पानीको बहाव बढेको सूचनापछि रोकिएको नारायणगढ–मुग्लिङ हुँदै काठमाडौँ र पोखरा जाने–आउने यातायात पुनः सञ्चालनमा आएको छ।

आइतबार बिहान भोटेकोशीको बहाव बढेको खबर आएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणगढबाट मुग्लिङ हुँदै काठमाडौँ र पोखरातर्फ जाने तथा ती क्षेत्रबाट आउने सबै प्रकारका सवारी साधनको आवागमन रोकिएको थियो। तर भोटेकोशीमा पानीको बहाव जोखिमपूर्ण नरहेको जानकारी प्राप्त भएपछि यातायात सञ्चालनमा ल्याइएको चितवन प्रहरीले जनाएको छ।

यातायात सुचारु भए पनि बाढी तथा पहिरोको जोखिम भने पूर्ण रूपमा टरिनसकेको भन्दै प्रशासनले यात्रुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले यात्रा गर्दा जोखिमयुक्त स्थानमा अनावश्यक रूपमा नरोकिन, नदी तथा खोलानालाको आसपास सावधानी अपनाउन र सुरक्षाकर्मी तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्न अनुरोध गरेको छ।

सम्भावित विपद्बाट जोगिन आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र यात्रा गर्न प्रशासनको आग्रह छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७