किरण थापा मगर बागमतीको मुख्यमन्त्री नियुक्त हुँदै, राप्रपाको समर्थनले पुग्यो बहुमत

राप्रपाभित्र विवादकै बीच बागमतीको मुख्यमन्त्री नियुक्त हुँदै


२०८३ भदौ ४ बिहीबार १२:३९ बजे

काठमाडौं : नेकपा एमालेका सांसद किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने भएका छन्। थापा मगरले बुधबार एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै थापा मगरलाई अपराह्न ४ बजेर ५ मिनेटमा मुख्यमन्त्री नियुक्त गरिने जनाएको छ। उनको शपथ अपराह्न ४ बजेर २० मिनेटमा हुने कार्यक्रम तय गरिएको छ।

राप्रपाले पार्टीको बागमती प्रदेश संसदीय दलका नेताले दिएको समर्थन पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखसमक्ष आग्रह गरेको थियो। तर प्रदेश प्रमुखले राप्रपासहितको समर्थनमा थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न लागेका हुन्। बागमती प्रदेशमा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपालाई बहुमतका लागि दुई सांसद अपुग थियो। १२ सांसद रहेको राप्रपाका संसदीय दलका नेताले समर्थन जनाएपछि थापा मगरको पक्षमा बहुमत पुगेको हो।

यसैबीच, राप्रपा तीन मन्त्रालय लिएर बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ। सरकारमा सहभागी हुने विषयलाई लिएर राप्रपाभित्र भने विवाद देखिएको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले यसअघि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको थियो। तर उक्त निर्णय बागमती प्रदेशमा कार्यान्वयन नभएपछि पार्टीभित्र विवाद चर्किएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्णयविपरीत कदम चाल्नेहरूमाथि अनुशासन कारबाही गरिने चेतावनी दिँदै आएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७