मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत नदिन कांग्रेसले लगायो ह्विप
हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई मत नदिने नेपाली कांग्रेसले ह्विप जारी गरेको छ। मुख्यमन्त्री थापाले आज लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको हो।
कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनले जारी गरेको ह्विपमा प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नबस्न र मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ। मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावलीअनुसार सोमबार प्रदेशसभामा विश्वासको मत लिँदैछन्। थापा एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
यसअघि कांग्रेसबाट मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँ अल्पमतमा परेपछि थापा नयाँ मुख्यमन्त्री नियुक्त भएका थिए। कांग्रेसको ह्विपसँगै मुख्यमन्त्री थापाले विश्वासको मत पाउने–नपाउने विषयमा बागमती प्रदेशसभाको राजनीतिक समीकरण थप निर्णायक बनेको छ।
.gif)

.png)

