बागमतीको मुख्यमन्त्री बने एमालेका किरण थापा मगर

एमाले-नेकपा-राप्रपाका ६३ सांसदको समर्थन


२०८३ भदौ ४ बिहीबार १७:०८ बजे

काठमाडौँ : बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दाबी गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

थापाले एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका थिए। राप्रपाभित्र भने थापालाई समर्थन गर्ने विषयमा विवाद देखिएको थियो। यसअघि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै भदौ ४ गते अपराह्न ४ बजेसम्मको समयसीमा दिएका थिए।

थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालका चौथो मुख्यमन्त्री बनेका छन्। यसअघि नेकपाका शालिकराम जम्कट्टेल, कांग्रेसका बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको नेतृत्व गरेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७