विदेशी मुद्राः कुवेती दिनार ५०० रुपैयाँ नजिक पुग्यो, डलरको मूल्य कति ?

विदेशी मुद्राको विनिमयदर सार्वजनिक


२०८३ भदौ ८ सोमबार ०७:०६ बजे

काठमाडौँ : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा पुगेको छ। डलरको खरिददर भने १५२ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।

युरोपियन युरोको खरिद दर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा रहेको छ। स्वीस फ्र्याङ्कको खरिददर १९० रुपैयाँ ७९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५४ पैसा कायम हुँदा अष्ट्रेलियन डलर १०९ रुपैयाँ ६६ पैसा खरिद र ११० रुपैयाँ ०९ पैसा बिक्रीदरमा कारोबार हुने गरी दर तोकिएको छ।

क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ०१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४४ पैसा तथा सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ३६ पैसा र बिक्रीदर १२० रुपैयाँ ८४ पैसा तोकिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ।

मध्यपूर्वी मुद्रामध्ये साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा रहेको छ। युएई दिरामको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ। 

सबैभन्दा उच्च दरमा कारोबार हुने मुद्रामध्ये कुवेती दिनारको बिक्रीदर ५०० रुपैयाँ १५ पैसा पुगेको छ। यसको खरिददर भने ४९८ रुपैयाँ १९ पैसा रहेको छ। बहराइन दिनारको बिक्रीदर ४०६ रुपैयाँ ९५ पैसा र ओमनी रियालको बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।

मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११ रुपैयाँ ०७ पैसा रहेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने जनाइएको छ। अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७