राष्ट्र बैंकले तोक्यो नयाँ विनिमयदरः डलर १५३ रुपैयाँ ७० पैसा
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विभिन्न विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा कायम भएको छ।
राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा तथा पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३८ पैसा कायम भएको छ।
अष्ट्रेलियन डलरको खरिददर १०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा तथा क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८० पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ। त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७६ पैसा र बिक्रीदर ४० रुपैयाँ ९२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १६ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
त्यस्तै भाई भाट १ को खरिददर रु. ४.५९ र रु. ४.६१ रुपैयाँ बिक्रीदर, युएई दिराम १ को खरिददर रु. ४१.६९ र बिक्रीदर रु. ४१.८५ रुपैयाँ तोकिएको छ। यस्तै मलेसियन रिङ्गेट १ को खरिददर रु. ३७.५२ र बिक्रीदर रु. ३७.६७ रुपैयाँ बिक्रीदर, दक्षिण कोरियन वन १०० को खरिददर रु. ११.०४ रुपैयाँ र बिक्रीदर रु. ११.०९ रुपैयाँ कायम गरिएको छ।
यसैगरी स्वीडिस क्रोनर १ को खरिददर रु. १५.५९ रुपैयाँ र बिक्रीदर रु. १५.६५ रुपैयाँ, डेनिस क्रोनर १ को खरिददर रु. २३.५२ र बिक्रीदर रु. २३.६१ रुपैयाँ कायम गरिएको छ। हङकङ डलर १ को खरिददर रु. १९.५१ रुपैयाँ र बिक्रीदर रु. १९.५९ रुपैयाँ, कुवेती दिनार १ को खरिददर रु. ४९८.१३ रुपैयाँ र बिक्रीदर रु. ५००.०८ रुपैयाँ कायम भएको छ।
यसैगरी बहराइन दिनार १ को खरिददर रु. ४०६.११ र बिक्रीदर रु. ४०७.७० रुपैयाँ तथा ओमानी रियाल १ को खरिददर रु. ३९७.६६ रुपैयाँ र बिक्रीदर रु. ३९९.२२ रुपैयाँ कायम गरिएको छ।
.gif)

.png)
