कोशीमा पछि हटे ओली


२०८३ श्रावण २० बुधबार २२:३७ बजे

काठमाडौं :नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई तत्काल हटाउने प्रयासमा असफल भएका छन्। कार्कीले राजनीतिक र सबैधानिक कारण देखाउँदै राजीनामा नदिने अडान कायम राखेपछि ओलीले ‘उपयुक्त समयमा नेतृत्व परिवर्तन गर्ने’ भन्दै तत्कालका लागि पछि हटेका छन्।

बुधबार ओली निवासमा भएको छलफलमा पनि कार्कीले राजीनामा नदिने अडान दोहोर्‍याएपछि तत्कालका लागि उनकै नेतृत्वमा प्रदेश सरकारलाई निरन्तरता दिने सहमति भएको हो। यससँगै मुख्यमन्त्री परिवर्तनको प्रक्रिया हाललाई रोकिएको छ।

प्रदेश सरकारको विषयमा भएको छलफलमा मुख्यमन्त्री कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारी सहभागी थिए। छलफलपछि खतिवडाले तत्कालका लागि कार्कीकै नेतृत्वमा सरकार सञ्चालन हुने जानकारी दिए। उनले भने, ‘तत्कालका लागि हिक्मतजीले नै सरकारको नेतृत्व गर्नुहुनेछ। उपयुक्त समय आएपछि उहाँले पद छाड्नुहुनेछ।’

यद्यपि छलफलमा ओलीले आफूले निर्देशन दिएको बेला मुख्यमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्त राखेका छन्। खतिवडाका अनुसार पार्टी अध्यक्षले उपयुक्त समय ठानेपछि सबैले पार्टीको निर्देशन पालना गर्ने सहमति भएको छ। त्यसअनुसार अहिले कार्कीकै नेतृत्वमा सरकारलाई निरन्तरता दिइने भए पनि भविष्यमा पार्टीको निर्णयअनुसार नेतृत्व परिवर्तन हुन सक्नेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७