झापा-५ बाट केपी शर्मा ओलीले गरे उम्मेदवारी दर्ता


२०८२ माघ ६ मंगलबार १४:३१ बजे

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा-५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनी समर्थक र नेता-कार्यकर्तासहित झापा-५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् । 

ओली यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसै क्षेत्रमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

बालेनले काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर झापा-५ मा उम्मेदवार बनेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७