मोदीसँग मेटाले माग्यो माफी
काठमाडौं : फेसबुकको प्यारेन्ट कम्पनी मेटाका चिफ ग्लोबल अफेयर्स अफिसर जोएल कापलानले भारतका सूचना प्रविधिमन्त्रीसँग माफी मागेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा भिडिओ केही समयका लागि भारतमा देखिन बन्द भएपछि भारत सरकारले मेटासँग स्पष्टीकरण माग्दै माफी माग्न निर्देशन दिएको थियो।
अन्यथा कारबाही गर्ने चेतावनी पनि दिएको थियो। यस विषयमा स्पष्टीकरणका लागि मेटाका कार्यकारीहरूलाई मन्त्रालयमा बोलाइएको थियो। ‘प्रधानमन्त्री मोदीको पोस्ट रोकिएको त्रुटिका लागि मैले मेटाका तर्फबाट मन्त्रीसँग माफी मागेको छु,’ कापलानले भनेका छन्। मेटाले प्राविधिक त्रुटिका कारण यस्तो भएको बताउँदै आएको छ।
यसैबीच, दक्षिण भारतको हैदराबादमा प्रहरीले मेटाका भारत प्रमुख अरुण श्रीनिवासविरुद्ध यही विषयमा मुद्दा पनि दर्ता गरेको छ। मोदीको उक्त भिडिओ प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलन चलिरहेका बेला पोस्ट गरिएको थियो।
यसैबीच, बुधबार नै मेटाका सीईओ मार्क जकरबर्गले बालबालिकासम्बन्धी यौनजन्य सामग्री, डिपफेक तथा प्लेटफर्मका अन्य कमजोरीका विषयमा भारत सरकारसँग माफी मागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
.gif)

.png)

