तीन डीएसपीसहित ८ इन्सपेक्टरको काज सरुवा
काठमाडौं : नेपाल प्रहरीले तीन जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित आठ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ । सरुवा हुने डीएसपीहरूमा मदनजीत महरा, सूर्यबहादुर बोगटी र ज्ञानबहादुर खड्का रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीएसपी महरालाई प्रहरी वृत्त बौद्ध सरुवा गरिएको छ । बौद्धका डीएसपी सन्तोष रोक्कालाई भने जिल्ला प्रहरी परिसर काठमाडौं तानिएको छ ।
त्यस्तै, डीएसपी सूर्यबहादुर बोगटीलाई वडा प्रहरी कार्यालय बैदाम, कास्की पठाइएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीएसपी ज्ञानबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय भोजपुर सरुवा गरिएको छ ।
यस्तै, प्रहरी निरीक्षकतर्फ सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार, कास्की, यशोदा घलेलाई प्रहरी प्रभाव बाँडेगाउँ, ललितपुर, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी, सुरेन्द्र विक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही र दिपक खकुरेललाई इलाका प्रहरी कार्यालय गोलबजार, सिरहा सरुवा गरिएको छ ।
.gif)

.png)

