लगनखेल मालपोतका ३ कर्मचारी र २ लेखापढी व्यवसायी ३ लाख घुससहित रंगेहात पक्राउ


२०८३ श्रावण १६ शनिबार १३:४१ बजे

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमि प्रशासन कार्यालय (मालपोत) का तीन कर्मचारी र दुई लेखापढी व्यवसायीलाई घुस लिएको आरोपमा रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी (लेखन्दास) शैलेन्द्र रानामगर र समिर कटवाल रहेका छन्।

अख्तियारका अनुसार उनीहरूले मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने भन्दै सेवाग्राहीसँग घुस माग्दै दुःख–हैरानी दिएका थिए। सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनीहरूलाई ललितपुर महानगरपालिका–४ स्थित एक होटलबाट पक्राउ गरिएको हो।

अख्तियारले उनीहरूको साथबाट घुसबापत लिइएको ३ लाख रुपैयाँ तथा स्रोत खुल्न नसकेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७