कांग्रेस नेता अभिषेक गिरी कारागार चलान


२०८३ श्रावण २० बुधबार १२:४२ बजे

काठमाडौं :  कांग्रेस नेता अभिषेक गिरी धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि उक्त रकम बुझाउन नसकेपछि गिरीलाई डिल्लीबजार कारागार पठाइएको हो।

विराटनगर महानगरपालिका–८, मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुवास श्रेष्ठले विभिन्न प्रभाव प्रयोग गरी ठेक्का मिलाइदिने भन्दै रकम असुल गरेको आरोपमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गिरीलाई गत असार २३ गते मोरङबाट पक्राउ गरेको थियो। सीआईबीले अनुसन्धानपछि गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको भन्दै पीडितलाई बिगो भराउने गरी मुद्दा चलाउनुपर्ने राय दिएको थियो।

सीआईबीको रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गिरीविरुद्ध साउन १५ गते काठमाडौं जिल्ला अदालतमा ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो।

उक्त मुद्दामा अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो।

प्रहरी अनुसन्धानका अनुसार श्रेष्ठले पाएको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै गिरीले रकम लिएको आरोप छ। गिरीविरुद्ध मोरङमा समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७