मधेशवासीलाई अमरेश सिंहको आह्वान : सद्भाव भड्काउने तत्वलाई सामाजिक बहिष्कार गरौँ


२०८३ श्रावण १४ बिहीबार १०:३७ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले मधेशलाई शान्ति र विकासको मार्गबाट पछाडि धकेलेको भन्दै सम्पूर्ण मधेशवासीलाई एकताबद्ध भएर दीर्घकालीन विकासमा केन्द्रित हुन अपिल गरेका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै उनले आन्दोलन र हिंसात्मक गतिविधिका कारण भौतिक संरचनामा क्षति पुग्ने, शैक्षिक गतिविधि प्रभावित हुने तथा व्यापार–व्यवसाय ठप्प हुनेजस्ता समस्याले मधेशले ठूलो क्षति बेहोर्दै आएको बताएका छन्।

सिंहले अब सबै वर्ग, समुदाय र राजनीतिक शक्तिले विकासलाई साझा एजेन्डा बनाउनुपर्ने समय आएको उल्लेख गरेका छन्। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा युवाको रोजगारीजस्ता क्षेत्रमा दीर्घकालीन विकासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

उनले समाजमा शान्ति र सद्भाव बिगार्ने असामाजिक तत्वको प्रभावमा नपर्न सबैसँग आग्रह गरेका छन्। समाजमा विभाजन र द्वन्द्व सिर्जना गर्ने व्यक्ति वा समूह जुनसुकै समुदाय वा वर्गका भए पनि उनीहरू मधेशको विकासका विरोधी भएको बुझ्नुपर्ने उनले बताएका छन्।

यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई सामाजिक रूपमा अस्वीकार गर्दै शान्ति, सद्भाव र विकासको पक्षमा एकजुट हुन सांसद सिंहले सम्पूर्ण मधेशवासीसँग आह्वान गरेका छन्।

प्रिय मधेशवासी

पटकपटक को आन्दोलन, जातिय र धार्मिक हिंसाले मधेशलाइ अशान्त मात्र होइन १० बर्ष पछाडि धकेलेको छ। यस्ता हरेक गतिविधिले मधेशको भौतिक संरचना भत्काउने ,शैक्षिकसत्र अबरुद्ध हुने,ब्यापार व्यवसाय ठप्प हुने जस्ता ले मधेशलाइ नै धक्का लाग्ने गरेको छ।

अब समय आएको छ सबै बर्ग सामुदाय मिलेर मधेशको सम्मुनत बिकासको एजेन्डा लाई अगाडि सारेर अघि बढन , अब मधेशले कुनैपनी हिंसात्म्क गतिविधि नगरेर सम्पुर्ण मधेश एक ढिक्का भएर मधेशको शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार ,कृषि र युवाको रोजगारी मा दीर्घकालीन बिकासमा जोड दिने समय हो।

म सम्पुर्ण मधेशवासी आमा बुवा दाजुभाइ दिदिबहिनी मा अपिल गर्न चाहन्छु कुनैपनि असमाजिक तत्व जस्ले एकजुट भएर बसेको समाजको शान्ति,सद्भाव खलबलाउने ब्याक्तीको पछाडि नलाग्न अनुरोध गर्दछु। त्यस्ता गतिविधि गर्ने जुनसुकै सामुदाय या बर्गको भएपनी त्यो मधेशको बिकासको बिरोधी हो बुझ्नुपर्छ र त्यास्ता लाई समाजिक बहिष्कार गर्नुपर्छ।

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७