दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ


२०८३ श्रावण १५ शुक्रबार १४:१९ बजे

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।

सीआईबीका अनुसार भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पत्ति बेइमानीपूर्ण रूपमा सरकारको हकबाट बाहिर लैजाने कार्यमा संलग्न भएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

स्मार्ट टेलिकमले आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाखमा अनुमति पाएको थियो । तर तोकिएको समयमा अनुमतिपत्र नवीकरण नगरेपछि कम्पनीको लाइसेन्स स्वतः खारेज भएको थियो ।

लाइसेन्स खारेजीपछि स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा नेटवर्क स्वतः प्राधिकरणको स्वामित्वमा आउनुपर्ने कानुनी व्यवस्था थियो ।

त्यसपछि सरकारले स्मार्ट टेलिकमको व्यवस्थापन र नियन्त्रणका लागि नियमावली बनाएर प्राधिकरणमार्फत कम्पनीको सम्पत्ति तथा संरचना आफ्नो नियन्त्रणमा ल्याउने प्रक्रिया अघि बढाएको थियो ।

यसै प्रकरणमा सीआईबीले यसअघि स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशीलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७