सङ्घीयता र समावेशितासँग छेडखानी भए सशक्त प्रतिरोध हुन्छ: डा. अमरेशकुमार सिंह


२०८३ असार ११ बिहीबार २०:४९ बजे

जनकपुरधाम: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अमरेशकुमार सिंहले नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशिताको रक्षाका लागि कडा चेतावनी दिएका छन्। माता सीताको जन्मभूमि जनकपुरधामबाट एक सन्देश जारी गर्दै उनले यी व्यवस्थासँग कसैले छेडखानी गर्ने दुस्साहस गरे जनताले त्यसको सशक्त प्रतिरोध गर्ने बताएका हुन्।

सांसद सिंहले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपाली जनताको मुख्य चाहना सुशासन र समृद्धि मात्र रहेको स्पष्ट पारेका छन्। उनले भनेका छन्, 'नेपालको लोकतन्त्र, सङ्घीयता र समावेशितासँग कसैले छेडखानी गर्छ भने नेपाली जनताले यसको सशक्त प्रतिरोध गर्नेछन्। जनताले सुशासन र समृद्धि खोजेका छन्। हामी हरेक कदममा जनताको साथमा हुनेछौँ।'

पछिल्लो समय पार्टीभित्र प्रदेश संरचनाका बारेमा भइरहेको बहस र चर्चाका बीच सांसद सिंहको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनले जनभावनाविपरीत हुने कुनै पनि कदम जनतालाई स्वीकार्य नहुने र आफू सधैँ जनताको पक्षमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७