सर्लाही–४ मा अमरेशकुमार सिंह विजयी, कांग्रेस सभापति थापा पराजित


२०८२ फाल्गुण २४ आइतबार ०८:४५ बजे

काठमाडौं : सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश कुमार सिंह निर्वाचित भएका छन् । यससँगै नेपाली कांग्रेसका सभापति गगन थापाको १८ वर्षे संसदीय यात्रामा ब्रेक लागेको छ । 

आइतबार बिहान सम्पन्न सर्लाही-४ को अन्तिम मतपरिणामअनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका छन् । अमरेशले ३५ हजार ६८८ मत ल्याए भने गगनले २२ हजार ८३१ मत प्राप्त गरे । 

गगन थापा २०६४ सालदेखि संसदीय राजनीतिमा सक्रिय थिए । उनले समानुपातिक प्रणालीबाट पहिलो पटक निर्वाचित भएर पछिल्लो तीन पटक काठमाडौं निर्वाचन क्षेत्र–४ बाट जित हासिल गरेका थिए। थापालाई पार्टीको भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका थिए । 

अमरेश कुमार सिंह सर्लाहीको बलरा क्षेत्रमा जन्मेका हुन्  । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७