अमरेशकुमार सिंहले भने : बालेन प्रधानमन्त्री नभए जनकपुर आएर आत्मदाह गर्छु 


२०८२ माघ ५ सोमबार १६:०३ बजे

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह  प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने घोषणा गरेका छन् । 

जनकपुरधामस्थित तिरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन प्रधानमन्त्री भएनन् जनकपुरको धर्तीमा समाहित हुने बताए । भने, ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म जनकपुरको धर्तीमा समाहित हुनेछु । बालेन प्रधानमन्त्री बनेनन् भने म जनकपुरको रणभूमिमा आत्मदाह गर्नेछु ।’

बालेनलाई देशको महानायक भन्दै उनले आफ्नो गम्झा देखाउँदै भोट मागे । भने, ‘म हात जोडेर भन्छु, मसँग केही छैन । केवल आग्रह गर्छु, तपाईंहरूसँग गम्छामा भिख माग्छु, मधेशलाई प्रधानमन्त्री देऊ ।’ 

सिंहले देश बालेनमय भएको बताए । उनले मधेशको छोरा देशको प्रधानमन्त्री बन्दै गरेको भन्दै मधेशले पहिलोपटक सम्मान पाउन लागेको बताए । उनले रास्वपा सभापति रवि लामिछानेलाई नायक र शाहलाई महानयक भएको बताए ।  शहीदको सपना साकार गर्न र मधेशको छोराछोरीको भविष्य साकार पार्न पनि शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने आवश्यकता रहेको तर्क गरे । ‘सत्ताको राजनीति बन्द गर्ने समय हो यो,’ उनले भने, ‘रास्वपालाई जिताउनुपर्ने आवश्यकता छ । नायक आएपछि खलनायक परास्त हुन्छ ।’ उननले बीपी कोइरालापछि रवि लामिछाने र बालेन शाह देखेको दाबी गरे ।​​​​​ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७