अमरेशकुमार सिंह रास्वपा प्रवेश गर्दै


२०८२ माघ २ शुक्रबार २२:२४ बजे

काठमाडौँ : अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।

नेपाली कांग्रेसबाट कारबाहीमा परेका २०७९ को प्रतिनिधि सभा निर्वाचन सर्लाहीका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफू रास्वपामा प्रवेश गर्न लागेको फेसबुकमार्फत जानकारी दिएका हुन् । 

विघटित प्रतिनिधि सभाका सांसद सिंहले माघ ५ गते जनकपुरधाममा हुने रास्वपाको कार्यक्रममा सहभागी भएर पार्टी प्रवेश गर्ने घोषणा गरे । फेसबुकमा सिंहले लेखेका छन्, ‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दैछु।’

सिंहले स्वतन्त्र रहँदा देश र मधेशमा उठाएको भ्रष्टाचार र कुशासनविरुद्धको आवाज अब अझ बुलन्द हुने बताएका छन् । उनले मधेशमा शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधारको विकास चाहने सबैलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । 

उनले थपे, ‘देश र मधेशको हित चाहने, शिक्षा स्वास्थ्य रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुवा तथा दिदीबहिनीहरूलाई यसै कार्यक्रममार्फत जोडिन आह्वान गर्दछु।’

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७