विश्वकपमा ६४ टोली पुर्याउने सम्भावनाबारे फिफामा छलफल
काठमाडौं । फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्याउने सम्भावनाबारे अध्ययन र छलफल गर्ने भएको छ।
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलाई अझ समावेशी बनाउन टोली संख्या बढाउने विषय सम्बन्धित समितिहरूमा छलफल हुने बताए। उनका अनुसार साना राष्ट्रलाई विश्वकप खेल्ने अवसर दिनु उनीहरूको फुटबल विकासका लागि आवश्यक छ।
इन्फान्टिनोले हालको ४८ टोलीको ढाँचालाई सफल भन्दै सबै महादेशका टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरेको उल्लेख गरे। उनले विशेषगरी अफ्रिकी टोलीहरूको उल्लेखनीय प्रदर्शनले अवसर विस्तारको औचित्य पुष्टि गरेको बताए। सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोली सहभागी हुन्थे। सन् २०२६ मा पहिलो पटक ४८ टोली सहभागी भएका छन् भने अब सन् २०३० का लागि ६४ टोलीको प्रस्तावमाथि छलफल हुने भएको हो।
सन् २०३० को विश्वकप उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन खेलहरू तथा त्यसपछि मोरक्को, पोर्चुगल र स्पेनमा आयोजना हुनेछ। टोली संख्या ६४ पुगे दक्षिण अमेरिकी आयोजक राष्ट्रहरूले पनि समूह चरणका खेलहरू आयोजना गर्ने सम्भावना बढ्नेछ।
.gif)

.png)

