विश्वकपमा चम्किएका केप भेर्डेका गोलकिपर भोजिन्हा चिलीको कोलो कोलोमा अनुबन्धित


२०८३ श्रावण १० आइतबार १२:०३ बजे

काठमाडौं : फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा आएका केप भेर्डेका अनुभवी गोलकिपर भोजिन्हा चिलीको प्रतिष्ठित फुटबल क्लब कोलो कोलोमा अनुबन्धित भएका छन्।

४० वर्षीय भोजिन्हाले विश्वकपमा स्पेन र अर्जेन्टिनाजस्ता बलिया टोलीविरुद्ध उत्कृष्ट बचाउ गर्दै विश्व फुटबलको ध्यान आफूतर्फ खिचेका थिए। उनको प्रदर्शनपछि कोलो कोलोले सामाजिक सञ्जालमार्फत अनुबन्धको घोषणा गर्दै उनी स्वास्थ्य परीक्षणका लागि छिट्टै चिली पुग्ने र त्यसपछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार भोजिन्हाले क्लबसँग १८ महिनाको सम्झौता गरेका छन्। भोजिन्हाको कप्तानी र उत्कृष्ट गोलकिपिङ प्रदर्शनमा केप भेर्डे विश्वकपको अन्तिम ३२ सम्म पुगेको थियो। प्रि-क्वार्टरफाइनलमा भने टोली अतिरिक्त समयमा अर्जेन्टिनासँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

विश्वकपमा देखाएको प्रभावशाली प्रदर्शनपछि भोजिन्हाको लोकप्रियता पनि उल्लेखनीय रूपमा बढेको छ। सामाजिक सञ्जालमा उनका फलोअरको संख्या करिब ५० हजारबाट बढेर झण्डै २ करोड ९० लाख पुगेको बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७