देशभर वर्षा र हिमपातको सम्भावना

बादलको बाक्लो उपस्थिति रहने


२०८३ बैशाख २५ शुक्रबार ०८:१० बजे

काठमाडौँ : नेपालको आकाशमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। यसका साथै पूर्वी भूभागनजिक बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका विभिन्न स्थानमा मौसम प्रतिकुल रहने देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी र मधेस प्रदेशलगायत पहाडी तथा हिमाली क्षेत्रमा बादलको बाक्लो उपस्थिति रहनेछ। बाँकी तराईका भूभागमा पनि आंशिक बदली हुने देखिन्छ।

यस मौसम प्रणालीले कोसी प्रदेशसहित अन्य पहाडी र हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा गराउने सम्भावना छ। मधेस प्रदेश र तराईका अन्य केही स्थानमा पनि चट्याङसहित वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले सचेत रहन आवश्यक छ।

रातको समयमा पनि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने क्रम जारी रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने र हिउँ झर्ने पूर्वानुमान गरिएको छ। मधेस प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना कायमै रहनेछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७