सभापति थापासँगको भेटपछि पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता 


२०८३ बैशाख ७ सोमबार ११:०० बजे

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ।  अनुशासन समितिको आज दिउँसो ३ बजे बस्ने बैठकले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको हो।

कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने बताए। अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ ।

सोमबार सभापति गगन थापाले नेता खड्कालाई भेटेका थिए । निवर्तमान कार्यवाहक सभापति खड्काले आइतबार आफूनिकट नेताहरूसँग धुम्बाराहीमा छलफल गरेका थिए। पार्टी एकताको बृहत्तर पहल सभापति थापाले गर्नुपर्ने निष्कर्ष उक्त भेलाको थियो। उक्त भेला सकिएको केही घन्टामै सभापति थापा नेता खड्कालाई भेट्न उनकै निवास पुगेका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७