बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ
काठमाडौँ : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथलाई प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीका अनुसार बेलडाँडी–३ खैरीघाटका हरिकिसन रानाको मृत्यु घटनाको अनुसन्धानका क्रममा नाथलाई बिहीबार साँझ पक्राउ गरिएको हो।
राना एक वर्षअघि २०८२ वैशाख ९ मा बेलौरी नगरपालिका–१० शिवनगरमा जलेको अवस्थामा मृत भेटिएका थिए। घटनापछि परिवार र आफन्तले दोषीको पहिचान गरी कारबाहीको माग गर्दै आएका थिए।
.gif)

.png)

