लोपोन्मुख राउटे समुदायको जनसंख्या घट्दै

अहिले १३१ जनामा सीमित


२०८३ भदौ ३० मंगलबार ०८:५५ बजे
तस्बिर : नेपाल फोटो सर्भिस (NPS)

सुर्खेत : जंगलमा फिरन्ते जीवनशैली अपनाउँदै आएको लोपोन्मुख तथा सीमान्तकृत राउटे समुदायको जनसंख्या १३१ जनामा सीमित भएको छ।

यसअघि सुर्खेतको सिम्ता गाउँपालिका–९, खानिखोलामा बस्दै आएका राउटे अहिले सोही क्षेत्रको गोजी बजारनजिक अस्थायी रूपमा बसाइँ सरेर बसेका छन्। राउटे समुदाय सुर्खेतसहित दैलेख, सल्यान, जाजरकोट, अछाम र दाङलगायतका जिल्लाका जंगलमा स्थानान्तरण हुँदै जीवन बिताउँदै आएको छ।

पछिल्लो समय अस्वस्थ जीवनशैली, बाह्य समुदायको बढ्दो प्रभाव र मदिराको प्रयोग लगायतका कारण राउटे समुदायको जनसंख्या तीव्र गतिमा घट्दै गएको बताइएको छ। फिरन्ते जीवनशैली, परम्परागत संस्कृति र विशिष्ट सामाजिक संरचनाका कारण राउटे समुदाय नेपालको मौलिक आदिवासी समुदायमध्ये एक मानिन्छ। तर जनसंख्या निरन्तर घट्दै जाँदा यसको अस्तित्व र मौलिक संस्कृति संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७