कञ्चनपुरको डोकेबजार–बेलौरी–दैजी सडकको ठेक्का तोडियो
काठमाडौं : हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।
बिहीबार सूचना प्रकाशित गरी सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले सो ठेक्का तोडेको हो ।
सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४मा बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँग सम्झौता भएको थियो ।
पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ। ठेक्का सम्झौता रद्द गरिएको निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गरिनेछ।
करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर कालोपत्रे गर्न बाँकी छ भने निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ।
.gif)

.png)

