कञ्चनपुरमा होटल सञ्चालकमाथि सांघातिक हमला

राति ९ बजे होटलभित्रै व्यवसायी चन्दमाथि आक्रमण, कारण अझै अज्ञात


२०८३ जेठ १० आइतबार १३:०५ बजे

काठमाडौँः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित ग्रान्ड प्यासिफिक होटलका सञ्चालक गोविन्द चन्दमाथि शनिबार राति आक्रमण भएको छ। राति ९ बजेतिर होटलमै बसिरहेको अवस्थामा ५/६ जनाको एउटा अज्ञात समूहले उनीमाथि कुटपिट गरेको हो।

आक्रमणबाट चोटपटक लागेका व्यवसायी चन्दको अस्पतालमा उपचार भइसकेको छ। उनी उपचारपछि निको भएर अहिले घर फर्किसकेको प्रहरीले जनाएको छ।

होटल सञ्चालक चन्दमाथि आक्रमण हुँदै गरेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको छ। उक्त फुटेज यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिरहेको छ।

घटना भएको यतिका समय भइसक्दा पनि कुटपिटमा संलग्न व्यक्तिहरू भने अझै पक्राउ पर्न सकेका छैनन्। प्रहरीले दोषीहरूको खोजी कार्यलाई तीव्र बनाएको बताएको छ।

कञ्चनपुर प्रहरीका प्रवक्ता वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै दोषी समातिएपछि मात्रै वास्तविकता बाहिर आउने बताएका छन्। उनले भनेका छन्, ‘आक्रमणकारीहरू नियन्त्रणमा आएपछि मात्रै यो घटना के कारणले भएको हो भन्ने कुरा स्पष्ट हुनेछ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७