कञ्चनपुरका ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामेरा जडान
काठमाडौँ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन कञ्चनपुरका ७९ मतदान केन्द्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लाका तीन निर्वाचन क्षेत्रमा रहेका १३२ वटा मतदान केन्द्रमध्ये ७९ मा सिसिटिभी क्यामेरा जडान गरिएको जानकारी दिए । यससँगै ६६ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। प्रशासनका अनुसार मतदानस्थललाई सुरक्षाको दृष्टिले अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको छ।
जिल्लामा १३२ मतदानस्थलमध्ये ६६ अतिसंवेदनशील, ४० संवेदनशील र २६ सामान्य रहेका छन्। कञ्चनपुर भारतसँग सीमा जोडिएको कारणले अतिसंवेदनशील मतदानस्थलको संख्या बढी छ । सुरक्षा सुनिश्चित गर्न तीन तहको सुरक्षा घेराको योजना अघि सारिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा ३४ अतिसंवेदनशील, १४ संवेदनशील र ४ सामान्य मतदानस्थल छन्। क्षेत्र नम्बर २ मा १७ अतिसंवेदनशील, १३ संवेदनशील र १३ सामान्य मतदानस्थल रहेका छन् । क्षेत्र नम्बर ३ मा १५ अतिसंवेदनशील, १३ संवेदनशील र ९ सामान्य मतदानस्थल रहेको प्रशासनले जनाएको छ ।
.gif)

.png)

