राष्ट्रिय सभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित


२०८२ चैत २३ सोमबार १४:४१ बजे

काठमाडौँ : नेकपा एमालेकी सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभा उपाध्यक्ष पदमा निर्वाचित भएकी छन्।

आज बसेको राष्ट्रिय सभा बैठकमा उनलाई निर्विरोध उपाध्यक्ष निर्वाचित भएको घोषणा गरिएको हो । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमार्फत उनी सुदूरपश्चिमबाट निर्वाचित भएकी थिइन् । 

उपाध्यक्षमा निर्वाचित भण्डारीलाई राष्ट्रिय सभाका सांसदहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७