गंगालाल हृदय केन्द्रको निर्देशकमा डा. अमात्य
काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।
डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा लामो समयदेखि कार्यरत छन्। उनी केन्द्रमै कार्यरत रहँदै आएका छन्।
यसअघि उनी केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारीमा थिए। नियुक्तिसँगै उनले अब केन्द्रको निर्देशकको जिम्मेवारी सम्हाल्नेछन्।
.gif)

.png)

