सम्पत्ति शुद्धीकरण मुद्दा: एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राख्न अनुमति


२०८३ असार २४ बुधबार १८:५९ बजे

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा ९एमाले० का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई उक्त म्याद थपको अनुमति दिएको हो । यो पौडेलमाथिको अनुसन्धानका लागि चौथो पटक थपिएको म्याद हो ।

व्यवसायी दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरण तथा आर्थिक कारोबारको कसुरमा अनुसन्धानका लागि विभागले पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिएको थियो । अदालतको आदेशअनुसार आरोपी पौडेललाई न्यायिक हिरासतमा राखी विभागले प्रमाण संकलन र बयान लिने कार्यलाई अगाडि बढाइरहेको छ ।

यसैबीच, पौडेलको रिहाइको माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन भने सर्वोच्चले खारेज गरिदिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७