चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।
नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र प्रदान गरेका छन्।
यसअघि आयोगको उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न अध्यादेश जारी गरेपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झासहित अन्य पदाधिकारी पदमुक्त भएका थिए। त्यसयता आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो।
डा. खत्रीको नियुक्तिसँगै चिकित्सा शिक्षा आयोगले स्थायी नेतृत्व पाएको छ। अब आयोगले चिकित्सा शिक्षाको नीति, नियमन, गुणस्तर अभिवृद्धि तथा शैक्षिक सुधारसम्बन्धी कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
.gif)

.png)

