एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति


२०८३ असार २९ सोमबार १८:१३ बजे

काठमाडौं, २९ असार २०८३ – विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखी अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ। सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि तीन दिनको समय थप गरेको हो।

उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) को मुद्दामा अनुसन्धान अघि बढाएको छ। पौडेललाई विभागको पत्रका आधारमा गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउ परेदेखि नै उनलाई विभागको हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

विशेष अदालतबाट म्याद थप गरिएको यो पाँचौँ पटक हो। विभागले अदालतबाट म्याद लिँदै आफ्नो अनुसन्धान प्रक्रिया जारी राखेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७