प्यूठानको छेडाघाटमा आगलागी : ८ घर र १४ गोठ जलेर नष्ट


२०८२ चैत २२ आइतबार ०९:११ बजे

प्यूठान : प्यूठानको ऐरावती गाउँपालिका–१ छेडाघाटमा गएराति लागेको आगलागीले २२ घरगोठ नष्ट भएको छ। आगलागीबाट ८ घर र १४ गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

वडा अध्यक्ष अमर रेस्मी मगरका अनुसार, आगलागीबाट मानवीय क्षति भने नभएको छ, तर घरमा रहेका अन्नपात र १०८ बाख्रा जलेर मरेका छन्।

आगलागी सोमबार राति पौने १२ बजे शुरु भएको थियो र नेपाली सेना, सशस्त्र प्रहरी, जिल्ला प्रहरीको टोली र स्थानीय बासिन्दाले ७ बजे मात्र आगो नियन्त्रणमा ल्याएका थिए।

प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिएका अनुसार, आगलागीबाट झन्डै एक करोड रुपैयाँको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ। प्रहरी टोली क्षतिको विस्तृत विवरण संकलन गर्दैछ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७